नेभिगेशन
सुरक्षा विशेष

सुत्केरी गराउन आएकी महिलाको मृत्युपछि किष्ट हस्पिटल तोडफोड,प्रहरीले हान्यो अश्रुग्यास र लाठीचार्ज

ललितपुर । ललितपुरको इमाडोलस्थित किष्ट हस्पिटलमा सुत्केरी महिलाको मृत्यु भएपछि अस्पताल तोडफोड गरिएको छ। सुत्केरीको मृत्युपछि मृतकका आफन्तहरुले किष्ट हस्पिटल तोडफोड गरेका हुन् ।

हस्पिटलका चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै हस्पिटलको गेट फोडेर भित्र पस्दै उनीहरुले तोडफोड गरेका हुन् । २ सय बढीको संख्यामा आएका मृतकका आफन्तहरुले हस्पिटलमा ढुङ्गामुढासमेत गरेका छन् । 

प्रदर्शन उग्र बनेपछि प्रहरीले भीडलाई तितरवितर बनाउन लाठीचार्ज गर्नुका साथै केही राउन्ड आश्रुग्यास समेत प्रहार गरेको ललितपुर प्रहरीले जानकारी दिएको छ। किष्टमा २५० बढी प्रहरी परिचालन गरिएको ललितपुर प्रहरीले जनाएको छ।

सुत्केरी गराउने क्रममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका-९ की ३४ वर्षीया मिनाश्री राईको शुक्रबार राति  किष्टमा मृत्यु भएको थियो । प्रदर्शनमा उत्रिएका मृतकका आफन्तले किष्ट अस्पताल बन्द गर, दोषीलाई कारबाही गर, मिनाश्री राईलाई न्याय दे लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गरेर भिडलाई तितरबितर पारेको जनाएको छ।

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्