नेभिगेशन
नेपाल प्रहरी

जेल सजाय पाएका लागुऔषध मुद्दाका फरार प्रतिवादी बढैयातालबाट पक्राउ

बर्दिया । बर्दिया प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिने क्रममा थप एक प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीले लागुऔषध मुद्दामा फरार रहेका बर्दियाको बढैयाताल गाउँपालिका-७ का २४ वर्षीय अजय रैदासलाई पक्राउ गरेको हो।

बर्दिया जिल्ला अदालतको २०८१ माघ १० गते  रैदासलाई लागुऔषध मुद्दामा दोष ठहर गर्दै २ महिना १३ दिन कैद र २ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। उक्त फैसला पश्चात रैदास फरार रह्दै आएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

रैदास घरमै आएर लुकिछिपी बसेको विशेष सूचना पाएर गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेर आबश्यक कैद भुक्तानका लागि बर्दिया जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्