नेभिगेशन
नेपाल प्रहरी

कोहलपुरको म्याक्स होटलमा प्रहरीको छापा, अनलाइन सट्टेबाजी, ४२ जना पक्राउ, विभिन्न उपकरण बरामद

कोहलपुर । बाँकेको कोहलपुरस्थित एक होटलमा प्रहरीले छापा मारेर अनलाइन सट्टेबाजी सञ्चालन गरेको आरोपमा ४२ जनालाई पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका–११ स्थित होटल म्याक्समा छापा मार्दा ४० जना भारतीय नागरिक र दुई जना नेपाली नागरिक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरका अनुसार पक्राउ परेकाहरू प्रारम्भिक अनुसन्धानका क्रममा अनलाइन सट्टेबाजीसँग जोडिएको देखिएको छ ।

प्रहरीले उनीहरूको साथबाट ७० भन्दा बढी मोबाइल फोन, ल्यापटप, कम्प्युटरलगायत विद्युतीय उपकरणसमेत बरामद गरेको छ । बरामद उपकरणको परीक्षण तथा पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी निरीक्षक रमेश विष्ट र प्रहरी वरिष्ठ नायब निरीक्षक रमेश बजगाईँको टोलीले होटलमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

घटनाबारे थप अनुसन्धान जारी रहेको राठौरले जानकारी दिए । विस्तृत विवरण आउन बाँकी।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्