नेभिगेशन
नेपाल प्रहरी

सल्यानमा बन्दुकसहित तिलक प्रहरीको नियन्त्रणमा

सल्यान। प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। सल्यानको कुपिण्डे नगरपालिका-७ पाखापानीका ५२ वर्षीय तिलक बहादुर रोकालाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार रोकालाई इलाका प्रहरी कार्यालय देबस्थलबाट खटिएको टोलीले घर नजिकको बाँसको झ्याङमा बन्दुक लुकाएर राखेको अवस्थामा  नियन्त्रणमा लिएको थियो।

सोमबार दिउँसो पक्राउ परेका रोकासँग घटनाका बारेमा म्याद थप गरेर आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्