नेभिगेशन
नेपाल प्रहरी

नेपाल प्रहरीका एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा

काठमाडौं  । नेपाल प्रहरीका  एसएसपी प्रकाश रानाभाटले एकाएक राजीनामा बुझाएका छन् ।  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत रहेका एसएसपी  रानाभाटले आज प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाएका हुन् ।

२०५८ साउन १८ मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गरेका उनी २०८२ साउनमा रानाभाट यसैवर्ष एसएसपीमा बढुवा भएका थिए । 

एसएसपी रानाभाटले  पारिवारिक कामको कारणले राजीनामा दिएको उनले बताएका  छन् । ‘पारिवारिक कामले राजीनामा दिएको हुँ । अरु त्यस्तो कुनै कारण छैन,’ रानाभाटले भने ।

रानाभाट एसपीबाट एसएसपी बढुवा हुने बेलामा एक नम्बरमा नाम हुँदा पनि छुटेका थिए ।

रानाभाटले राजीनामा पेस गरेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए । उनले भने– ‘उहाँले राजीनामा पेस गर्नुभएको छ ।’

राजीनामा स्वीकृतिका लागी आईजीपीले निर्णय गरेर गृह मन्त्रालयमा पठाउनुपर्ने कानुनी व्यवस्था छ । एसएसपीको राजीनामा मन्त्रालयले स्वीकृत गर्नुपर्ने व्यवस्था छ । 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्