नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्जको जमुनहाबाट ठुलो परिमाणको प्रतिवन्धित औषधिसहित एक युवक पक्राउ

बाँके । बाँकेको नेपालगन्ज सीमा नाकाबाट प्रहरीले ठुलो परिमाणमा प्रतिवन्धित औषधिसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज-१५ स्थित जमुनहा चेकपोष्टबाट कैलालीको लम्कीचुहा नगरपालिका-१ का दिनेश रेग्मीलाई  ६ सय ट्याबलेट प्रतिवन्धित औषधि एभिल (२५ एमजी) र ६ सय एभिल (५० एमजी) ट्याबलेटसहित इलाका प्रहरी कार्यालय जमुनहाको टोलीले पक्राउ गरेको हो।

दिनेशलाई प्रहरीले चेकजाँचका क्रममा भारतको रुपइडिहाबाट अवैध रुपले लुकाएर कैलाली लैजादै  गरेको अवस्थामा उक्त परिमाणको प्रतिवन्धित औषधिसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

बिहीवार साँझ पक्राउ परेका दिनेशलाई हिरासतमा लिएर थप आबश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्