नेभिगेशन
नेपाल प्रहरी

एआईजी राजन अधिकारीको इन्टरपोल महासभाको मोरक्को भ्रमण स्वीकृत

काठमाडौँ । इन्टरपोल महासभामा सहभागी हुन नेपाल प्रहरीका एआईजी राजन अधिकारी मोरक्को जाने भएका छन् ।

आगामी मंसिर ८ गतेदेखि हुने ९३ औं इन्टरपोल महासभामा सहभागी हुनका लागि एआईजी अधिकारीको भ्रमण मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको हो ।

यसअघि यस्ता महासभामा आईजीपीलाई नै पठाउने गरिएकामा वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ यही कात्तिक २६ गते  अनिवार्य अवकाश लिएर घर जाने भएसँगै एआईजी अधिकारीको नाम टुंगो लागेको हो । 

एआईजी अधिकारी आईजीपीको दौडमासमेत रहेकाले त्यतिन्जेल उनी नै आईजीपीको हैसियतमै मोरक्को जाने सम्भावना पनि छ । 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्