नेभिगेशन
नेपाल प्रहरी

बर्दियाको चेपाङबाट ब्राउन सुगरसहित एक युवक प्रहरीको नियन्त्रणमा

चेपाङ(बर्दिया)। बर्दियाको चेपाङबाट प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। 

जिल्लाको बाँसगढी नगरपालिका-१ चेपाङ बजारबाट ५५० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले ३० वर्षीय नगेन्द्र पुनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी चौकी चेपाङबाट खटिएको टोलीले आज बिहान पुनलाई चेपाङ बजारबाट नियन्त्रणमा लिएको थियो।

ब्राउन सुगरसहित पक्राउ परेका पुनलाई आबश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मोतिपुर, बाँसगढी पठाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्