नेभिगेशन
नेपाल प्रहरी

जेनजी आन्दोलनमा प्रहरीको लुटिएको पेस्तोल बेच्ने ४ र किन्ने एक जना पक्राउ

काठमाडौं । प्रहरीको पेस्तोल लुटेर बेचबिखन गरेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।  जेन-जी आन्दोलनमा प्रहरीको पेस्तोल लुटेर बिक्री गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ भने एक जना पेस्तोल खरिद गर्नेलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

काठमाडौं प्रहरी परिसरका अनुसार प्रहरीको पेस्तोल बिक्री गर्ने धादिङका २१ वर्षीय कृष्ण गुरुङ, स्वयम्भूस्थित भगवानपाउ बस्ने २५ वर्षीय राजन देउला, भारतका २४ वर्षीय अकवर खान, काठमाडौँको बिजेश्वरी बस्ने २६ वर्षीय सुमिन शाक्यलाई पक्राउ गरिएको हो।

त्यसैगरी पेस्तोल खरिद गर्ने काठमाडौंको बानेश्वर घर भएर क्षेत्रपाटी चोकमा कपडा पसल सन्चालन गर्ने ३८ वर्षीय प्रभात मल्ललाई पनि पक्राउ काठमाडौं प्रहरी परिसरले जनाएको छ। बिक्री गरिएको पेस्तोल  धादिङ घर भएर हाल काठमाडौँ-१५ स्थित ट्राफिक विट नजिक चरा पसलमा काम गर्ने कृष्णले पेस्तोल लुटेको र राजन,अकवर र सुमिनले बेच्न सहयोग गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको काठमाडौं प्रहरी परिसरका एसपी पवन कुमार भट्टराईले बताए। 

एसपी भट्टराईका अनुसार प्रहरीले गत भदौ २४ गते जेनजी आन्दोलनमा लुटिएको एउटा  पेस्तोल,एक थान म्याग्जिन र १५ राउन्ड गोली समेत बरामद गरेको छ।

पेस्तोल किनचेचमा संलग्न उनीहरुविरुद्ध हातहतियार तथा खरखजाना मुद्दामा प्रहरी वृत्त स्वयम्भुले अदालतबाट म्याद थप गरेर आबश्यक अनुसन्धान अगाडि बढाएको एसपी भट्टराईले जानकारी दिएका छन् ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्