नेभिगेशन
नेपाल प्रहरी

सुन्धारा कारागारबाट भागेका थुनुवा प्रहरीको नियन्त्रणमा

काठमाडौँ । सुन्धारा केन्द्रीय कारागारबाट भागेका एक थुनुवालाई प्रहरीले पक्राउ गरेको छ। गत भदौ २४ गते जेनजी आन्दोलनको मौका छोपेर सुन्धारा कारागारबाट भागेका ३७ वर्षीय रमेश दाहाललाई प्रहरीले पक्राउ गरेको हो।

 काभ्रेको पनौती नगरपालिका-७ बतासे घर भएर भक्तपुर नगरपालिका-१० स्थित पाइपलाइन बस्दै आएका ३७ वर्षीय रमेशलाई भक्तपुरबाट प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार रमेशलाई  प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले पक्राउ गरेको थोयो। लागुऔषध मुद्दामा पुर्पक्षको लागी थुनामा रहेका बेला रमेश कारागारबाट भागेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्