नेभिगेशन
नेपाल प्रहरी

अनलाइन ठगीका घटना बढेपछि प्रहरीले गरायो साबधान

काठमाडौं । विभिन्न अनलाइन ठगीका घटना बढेको देखिएपछि प्रहरीले सबैलाई सावधान रहन आग्रह गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सूचना जारी गर्दै अनलाइन माध्यमबाट हुने ठगीका घटनामा वृद्धि भएको भन्दै सावधान रहन आग्रह गरेको हो।

प्रहरीले भनेको छ-" विभिन्न अनलाइनमा सस्तो दरमा सामानहरू देखाइ अग्रीम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी वाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाउनले र ओटीपी लिई खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढिरहेकले सावधानी अपनाउनु होला।" 

सोही प्रसङ्गमा प्रहरीले कुनै पनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने, ओटीपी दिने कार्य नगरी ठगी हुनबाट बच्न आग्रह गरेको हो।

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्