नेभिगेशन
नेपाल प्रहरी

जयसपुर प्रहरीलाई जाडोको कपडा सहयोग

नेपालगन्ज । जेनजी आन्दोलनमा आगजनी भई सबै सामग्री जलेर नष्ट भएको नेपालगन्जस्थित इलाका प्रहरी कार्यालय जयसपुरलाई सिरक र डसना सहयोग हस्तान्तरण गरिएको छ ।

बढ्दो चिसो मौसमसँगै ओढ्ने र ओछ्याउने कपडा आवश्यक रहेको जानकारी पाएपछि क्लिन अप नेपालको सहयोग तथा बास नेपालको समन्वयमा इलाका प्रहरी कार्यालय परिसरमा नै उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

इलाका प्रहरी कार्यालय जयसपुरमा कार्यरत इन्चार्ज प्रहरी बरिष्ठ नायब निरिक्षक बिष्णु गिरीसहित १२ जना प्रहरीहरुका लागि एक-एक थान डसना र सिरक गरी १२ थान डसना र १२ थान सिरक हस्तान्तरण गरिएको हो । बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्मा, उपाध्यक्ष दिला शाह, केन्द्रीय सदस्य बसन्ती रोकाया, निर्देशक हेमराज भट्टले उक्त सामग्री इलाका प्रहरी कार्यालय जयसपुरका प्रमुख प्रहरी बरिष्ठ नायब निरिक्षक गिरीलाई हस्तान्तरण गरेका थिए ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले जयसपुर इलाका प्रहरी कार्यालयलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताएका थिए । सामग्री ग्रहण पश्चात बोल्दै प्रहरी बरिष्ठ नायब निरिक्षक गिरीले बास नेपालको समन्वयमा भएको सहयोगले इलाका प्रहरी कार्यालयलाई ठूलो राहत मिलेको बताए । उनले बढ्दो चिसोका कारण ओढ्ने र ओछ्याउने कपडा आवश्यक परेका बेला सहयोग गर्ने बास नेपाल र क्लिन अप नेपाललाई धन्यबाद ज्ञापन गरे ।

कार्यक्रमका सामाग्री सहयोगका बिषयमा बास नेपालका निर्देशक भट्टले जानकारी गराएका थिए । इलाका प्रहरी कार्यालय जयसपुर नेपाल भारत सीमा नाका जमुनाहा नजिकको प्रहरी कार्यालय हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्