नेभिगेशन
नेपाल प्रहरी

ट्राफिक प्रहरी कार्यालय र प्रहरी विटमा आगजनी र लुटपाट गरेको आरोपमा ९ जना दाङ प्रहरीको नियन्त्रणमा

घोराही । दाङमा गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय  र  घोराही बजारस्थित भानु चोकको प्रहरी विट तथा प्रहरी कार्यालय भवनमा  आगजनी ,तोडफोड र  लुटपाट गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डीएसपी चक्रबहादुर शाहले ट्राफिक प्रहरी कार्यालय  र प्रहरी विटमा तोडफोड तथा आगजनी र लुटपाटमा संलग्न रहेको आरोपमा  जनालाई पक्राउ गरि अनुसन्धान थालिएको जानकारी दिएका छन् ।

दाङ प्रहरीका अनुसार ट्राफिक प्रहरी कार्यालय आगजनी , तोडफोड र लुटपाट घटनामा संलग्न रहेका ८ जनाविरुद्ध ५ दिन र प्रहरी विट आगजनी लगायतका कार्यमा संलग्न एक जनालाई ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको हो।

पक्राउ परेकाहरुमध्य जिल्ला ट्राफिक प्रहरी कार्यालयमा  आगजनी तथा लुटपाटमा संलग्न रहेकामा घोराही- १५ बस्ने  २४ वर्षीय सुनिल थापा मगर, घोराही-१५ कै २४ वर्षीय कुनाल श्रेष्ठ, सोही स्थानकै  २४ वर्षीय ईनाहित कुरेसी, घोराही -१५ कै १८ वर्षीय टेकम डाँगी, सोही उपमहानगरपालिकाको वडा नम्बर १५ का  १८ वर्षीय बिबेक पुन मगर, सल्यानको शत्रेश्वरी गाउँपालिका- ४ का २६ वर्षीय अमर बहादुर वली, घोराही- १३ का  २९ वर्षीय महेश घिमिरे र घोराही- ९ ढिकपुरका ३४ वर्षीय शरद बस्नेत  रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

त्यसैगरी दाङ प्रहरीका अनुसार घोराही-१५ भानु चोकस्थित प्रहरी बिटमा तोडफोड तथा आगजनी गरेको आरोपमा पक्राउ पर्नेमा घोराही-१३ बस्ने २५ वर्षीय सन्दिप घर्ती रहेका छन् ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्