नेभिगेशन
नेपाल प्रहरी

आफ्नै बुवाको हत्या गरेको आरोपमा ३६वर्षीय छोरा प्रहरीको नियन्त्रणमा

काठमाडौँ । एक युवकलाई आफ्नै बुबाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। एक 

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका-१५, किमडोल बस्ने गोरखा चुमनुब्री गाउँपालिका-६ घर भएका ३६ वर्षीय रोशन गुरुङ भन्ने पेम्बा लामालाई आफ्नै ७८ वर्षीय बुवा आमकी लामाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

छोरा पेम्बाले कुटपिट गर्दा बुवा आमकी गम्भीर घाइते भएको खबर प्राप्त भएपछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई गए राति पक्राउ गरेको थियो। कुटपिटबाट गम्भीर घाइते भएका आमकीको मनमोहन अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको थियो।

पक्राउ परेका छोरा पेम्बालाई अदालतबाट म्याद थप गरेर हत्या  कर्तव्य ज्यान मुद्दामा आबश्यक अनुसन्धान अगाडि बढाइएको काठमाडौं प्रहरीले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्