नेभिगेशन
सुरक्षा विशेष

गृहमन्त्री ओमप्रकाश अर्यालले डाके केन्द्रीय सुरक्षा समितिको बैठक

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आज केन्द्रीय सुरक्षा समितिको बैठक डाकेका छन् । अर्यालले आज दिउँसो ३ बजे गृह मन्त्रालयमा बस्नेगरी केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको गृह मन्त्रालयले जानकारी दिएको छ। 

गृहमन्त्री अर्यालले मंसिर ७ गतेदेखि मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आह्वान गरेको आन्दोलन र आगामी फागुन २१ गते हुने निर्वाचनको शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न बैठक बोलाएका हुन् ।

आज बोलाइएको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्रीसँगै गृह सचिव, नेपाली सेनाका प्रतिनिधि (रथी), नेपाल प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख र गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख उपस्थित हुनेछन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा विशेष
'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

'बाँकेमा सुरक्षा संयन्त्रको सक्रियता: आम जनताको भरोसाको आधार'

"विशेषगरी सीमा क्षेत्र तथा संवेदनशील स्थानहरूमा हुने गतिविधिबारे समयमै सूचना प्रवाह गरेर सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन राष्ट्रिय अनुसन्धानको भूमिका उल्लेखनीय रहँदै आएको छ।"