नेभिगेशन
नेपाल प्रहरी

यक्सनमा बाँकेका एसपी: स्पा लगायतका गलत क्रियाकलाप हुने स्थानमा छापा,१८ जना पक्राउ

बाँके । बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसी यक्सनमा आउँदै अवैध क्रियाकलाप हुने स्पा , रेस्टुरेन्ट लगायतका स्थानमा पुनः धावा बोलेका छन् ।

एसपी जिसीको निर्देशनमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगन्ज र कोहलपुरमा सन्चालित स्पा, मसाज सेन्टर र विभिन्न रेस्टुरेन्टमा छापा मार्दै दर्जन बढीलाई आपत्तिजनक अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले अवैध क्रियाकलाप गराउने ती स्थानहरुमा आज साँझ छापा मारेर १८ जनालाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय बाँके प्रमुख एसपीका अनुसार पक्राउ पर्नेमा ११ महिला र ७ पुरुष रहेका छन् ।

विशेष निगरानीपछि अवैध गतिविधि हुने निश्चित भएपछि ती स्पा लगायतका स्थानमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले छापा मारेर कयौंलाई आपत्तिजनक अवस्थामा फेला पारिएको एसपी जिसीले बताए।

पक्राउ परेकाहरुलाई हिरासतमा लिएर जिल्ला प्रहरी कार्यालय बाँकेले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

यसअधि पनि बाँके प्रहरीले अवैध रुपले होटेलका नाममा चलाइएका यौन अखडामा छापा मार्दै ४५ जनालाई पक्राउ गरेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्