नेभिगेशन
नेपाल प्रहरी

सार्वजनिक शान्ति भंगसम्बन्धि कसुरमा दुर्गा प्रसाईंविरुद्ध मुद्दा चलाउने तयारी

काठमाडौँ – सार्वजनिक शान्ति भंगसम्बन्धी आरोपमा दुर्गा प्रसाईँविरुद्ध प्रहरीले अनुसन्धान अघि बढाउने तयारी गरेको छ।

नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईँलाई आज जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पेश गरिने काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले बताए।

प्रसाईँलाई गए राति भक्तपुरको ठिमीस्थित निवासबाट काठमाडौँ प्रहरी परिसर र अनुसन्धान कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो। आन्दोलनका क्रममा उनले दिएका भड्काऊ अभिव्यक्ति तथा गतिविधिले हिंसा उत्पन्न हुन सक्ने आकलनपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

उनी ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने, यातायातसहित विभिन्न क्षेत्र बन्द गराउने चेतावनी दिँदै आएका थिए। साथै, देशको प्रतिष्ठासँग जोडिएको एनपीएल सञ्चालन रोक्न क्यान अधिकारीहरूलाई दिएका चेतावनीसमेत सार्वजनिक भएपछि सुरक्षा निकायको निगरानी अझ कडा बनेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्