नेभिगेशन
नेपाल प्रहरी

बाँके प्रहरीको गुण्डागर्दीविरुद्धको अभियान: ज्यान मार्ने मुद्दाका फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

बाँके । बाँके प्रहरीले गुण्डागर्दीविरुद्धको अभियान धमाधम चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँके प्रमुख एसपी अंगुर जिसीले चलाएको यस अभियानमा सबैभन्दा पहिला ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेकाहरुलाई पक्राउ गर्न सुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गुण्डा समूहमा  आधा दर्जन बढीले ज्यान मार्ने उदेश्यले हतियार प्रहार गम्भीर घाइते बनाएको घटनामा फरार रहेका उक्त समूहका एक जनालाई बाँके प्रहरीले पक्राउ गर्न सफल भएको हो।

एसपी जिसीले दिएको जानकारी अनुसार उनीहरुविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता भई घटनामा संलग्म रहेका केहीलाई यसअघि पक्राउ गरेर कानुनी कारबाही हुँदै गर्दा फरार रहेका नेपालगन्ज-१८ का विनय भण्डारीलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी बाँकेले पक्राउ परेका उनी फरार सूचीमा रहेको जनाएको छ। भण्डारीलाई २०८२ बैशाख १३ गते ज्यान मार्ने उद्योग घटनामा पक्राउ  गरिएको हो। 

पक्राउ परेका भण्डारीविरुद्ध विभिन्न घटनामा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेए जानकारी दिएको छ। प्रहरीका अनुसार भण्डारीविरुद्ध २०७३ फागुन २४ सवारी ज्यान, २०७८ माघ १८ डाँका चोरी र २०७९ मंसिर १८ गते ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा दर्ता भइसकेका छन् ।

बाँके प्रहरीले कात्तिक ३० गते नेपालगन्ज-१ बाट पक्राउ गरेर भण्डारीलाई आबश्यक कारबाहीका लागि बाँके जिल्ला अदालतमा बुझाइसकेको जानकारी दिएको छ।

एसपी जिसी भन्छन् -" बाँकेलाई गुण्डागर्दी रहित शान्त जिल्ला बनाउँछु।"

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्