नेभिगेशन
नेपाल प्रहरी

साढे ४ ग्राम बढी ब्राउन सुगरसहित बाँकेका इन्सेक मैनापोखर प्रहरीको नियन्त्रणमा

बर्दिया । बर्दिया प्रहरीले भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ब्राउन सुगरसहित पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिका-५ बनकटुवाका २३ वर्षीय इन्सेक थारु रहेका छन् ।

इन्सेकलाई प्रहरी निरीक्षक अच्युत गिरीको कमाण्ड रहेको इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले बढैयाताल गाउँपालिका-३ सिमराबाट भारतबाट ४ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर लिएर पैदल आउँदै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

उक्त परिमाणको ब्राउन मंगलबार साँझ पक्राउ पक्राउ परेका इन्सेकलाई इलाका प्रहरी कार्यालय मैनापोखरको हिरासतमा लिएर लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाएको बर्दिया प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्