नेभिगेशन
नेपाल प्रहरी

५ ग्राम बढी ब्राउन सुगरसहित दुई युवक बाँके प्रहरीको नियन्त्रणमा

बाँके, कात्तिक — बाँके प्रहरीले लागुऔषधसहित दुई युवकलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ।

जानकी गाउँपालिका–६ भाटनपुरबाट कोहलपुर नगरपालिका–१४ हवल्दारपुर डेरा गरी बस्ने ३८ वर्षीय प्रवेस अहमदलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले भे ५ प ४१०२ नम्बरको मोटरसाइकलमा सवार उनलाई रोकेर जाँच गर्ने क्रममा  ५ ग्राम १८० मिलिग्राम ब्राउनसुगर र नगद १३ हजार ७५ रुपैयाँ सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

त्यसैगरी  अर्को घटनामा, कोहलपुर नगरपालिका–२ कौशीलानगरका २८ वर्षीय सागर जिसीलाई बिहीबार दिउँसो पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले जिसीको घरमा छापा मारेर ४० मिलिग्राम ब्राउनसुगर फेला परेको बाँके  प्रहरीले जानकारी दिएको छ।

दुवै घटनाबारे इलाका प्रहरी कार्यालय कोहलपुरलेथप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्