नेभिगेशन
नेपाल प्रहरी

सुरक्षामा कडाइ: नेपालगन्जको बिपी चोकमा बाँके प्रहरीको ननस्टप क्यूआरभी सेवा सञ्चालनमा

नेपालगन्ज। सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज -१२ स्थित बिपी चोकमा २४ घण्टा सक्रिय रहने क्विक रेस्पोन्स भेइकल (क्यूआरभी) सेवा सञ्चालन गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चोरी, लुटपाट, झैँ–झगडा, सवारी दुर्घटना तथा अन्य आपराधिक क्रियाकलापलगायत आकस्मिक घटनाहरूमा तत्काल प्रहरी उपस्थितिको सुनिश्चितता र नियन्त्रणका लागि प्रहरी अधिकृतसहितको तत्काल प्रतिकार्य टोली मंसिर १३ गतेदेखि तयार अवस्थामा २४ सै घण्टा राखिएको हो।

प्रहरीका अनुसार क्यूआरभी टोलीले सार्वजनिक सुरक्षासम्बन्धी सम्भावित जोखिमलाई नियन्त्रण तथा घटनास्थलमा छिटो कारबाही गर्न सहयोग पुर्‍याउनेछ। साथै, आपराधिक गतिविधि वा शंकास्पद गतिविधिसम्बन्धी कुनै पनि जानकारी प्रदान गर्न  जिल्ला प्रहरी कार्यालय बाँकेले सम्बन्धित सबैलाई आग्रह गरेको छ।

बाँके प्रहरीले प्रहरी सहायता तथा घटनाका बारेमा सूचना दिनका लागि प्रहरी कन्ट्रोल १००, प्रहरी कार्यालयको ८५८०९१०९० र  बाँके प्रहरी सञ्चारको ९८५८०९०९५५ मा तत्काल सम्पर्क गर्न अनुरोध गरेको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्