नेभिगेशन
नेपाल प्रहरी

तुलसीपुरको सुन पसलबाट तिलहरी चोरी गरेर भागेका युवक प्यूठानमा समातिए

काठमाडौं । दाङको तुलसीपुरस्थित एक सुन पसलबाट सुनको तिलहरी चोरी गरी फरार भएका एक युवक प्यूठानमा समातिएका छन्।पक्राउ पर्नेमा प्यूठानको गौमुखी गाउँपालिका–७ नारीकोट चौताराका ४५ वर्षीय देबेन्द्र पुरी रहेका छन्। उनलाई चोरी लगेको आठ आना (५४.७५० ग्राम) सुनको तिलहरीसहित मंसिर १५ गते प्यूठान नगरपालिका–८ बाग्दुलास्थित राप्ती होटल एण्ड लजबाट पक्राउ गरिएको हो।

प्यूठान प्रहरीका अनुसार मंसिर ८ गते तुलसीपुर उपमहानगरपालिका–५ विपी चोकस्थित ‘राधे राधे दिनेश ज्वैलर्स’ बाट पुरीले सुन खरिद गर्ने बहानामा पसलमा राखिएको तिलहरी चोरी गरी फरार भएका थिए।

सिसीटिभी फुटेजका आधारमा चोरी पुष्टि भएपछि दाङ प्रहरीले प्यूठान प्रहरीसँग समन्वय गर्दै खोजी तीव्र पारेको थियो। खोजीकै क्रममा होटलमा लुक्दै बसिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका पुरीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय तुलसीपुर दाङ पठाइएको छ। उनीमाथि थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्