नेभिगेशन
नेपाल प्रहरी

लागु औषधसहित दुईजना प्रहरीको नियन्त्रणमा

काठमाडौं । अवैध लागूऔषधसहित दुई फरक स्थानबाट दुई व्यक्तिलाई प्रहरीले  पक्राउ गरेको छ।

काठमाडौंमा ९ ग्राम ब्राउनसुगरसहित एक जना समातिए

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गामा प्रहरीले ९ ग्राम ब्राउनसुगरसहित नुवाकोट तारकेश्वर गाउँपालिका–४ का ३५ वर्षीय सन्तोष वस्तीलाई पक्राउ गरेको हो।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको टोलीले धरानबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र ०१–००६ ख ५५३७ नम्बरको बस जाँच गर्ने क्रममा वस्ती बसमा सवार अवस्थामा थिए। उनको साथबाट उक्त पदार्थ फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सर्लाहीमा ५२ किलो गाँजासहित चालक पक्राउ

सर्लाहीको लालबन्दी नगरपालिका–११ हिरापुरबाट अवैध ५२ किलोग्राम गाँजासहित सोही नगरपालिका–१४ बस्ने २५ वर्षीय गंगा बहादुर वाईवालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको टोलीले पत्थरकोटबाट लालबन्दीतर्फ आउँदै गरेको बा.१२ च ४७१० नम्बरको पिकअप गाडी जाँच गर्दा चालकको सिटमुनि फल्स बटम बनाई लुकाइएको अवस्थामा गाँजा फेला पारेको हो।

दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्