नेभिगेशन
नेपाल प्रहरी

आधा क्विन्टल गाँजा बोकेको एम्बुलेन्ससहित चालक प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले आधा क्विन्टल बढी गाँजा बोकेको एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ।

सर्लाहीको हरिवन नगरपालिका-५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्सलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

सर्लाही प्रहरीका अनुसार, नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो। एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले एम्बुलेन्स चालक रौतहटको यमुनामाई गाउँपालिका-४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई पनि पक्राउ गरिएको जानकारी दिएको छ।

सर्लाही प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्