नेभिगेशन
नेपाल प्रहरी

साढे ६ क्विन्टल गाँजासहित ट्रक नियन्त्रणमा,चालक र ट्रक मालिक पक्राउ

काठमाडौं । प्रहरीले ठूलो परिमाणको गाँजा बोकेको ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयक अनुसार मोरङको रतुवामाई नगरपालिका–१ हटियाडाँडाबाट प्रहरीले ट्रकको ढालाभित्र लुकाइ–छिपाइ राखिएको करिब ६ सय ७८ किलोग्राम गाँजा बरामद गरेको हो।

पक्राउ पर्नेहरूमा धनकुटा सहिदभूमि गाउँपालिका–२ का २१ वर्षीय समेल राई र सोही गाउँपालिका–१ का २२ वर्षीय विक्रम विशुङ्खे रहेका छन्।

इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले आमबारीबाट सोनापुरतर्फ जाँदै गरेको प्र.१–०१–००१ ख ३८२५ नम्बरको ट्रक जाँच गर्दा गाँजा फेला परेको प्रहरीले जनाएको छ।

चालक समेल र ट्रक मालिक विक्रमलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्