नेभिगेशन
नेपाल प्रहरी

१७ वर्षीया बालिका र २२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ

धनगढी । सुदूरपश्चिमका दुई जिल्ल अछाम र बझाङमा १७ वर्षीया बालिका र २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।

अछामको ढकारी गाउँपालिका–२ बलातीबाडाका १९ वर्षीय युवक पुष्प साउदलाई १७ वर्षीया बालिकामाथि बलात्कार  गरेको उजुरीका आधारमा  प्रहरीले पक्राउ गरेको हो।

यस्तै बझाङको जयपृथ्वी नगरपालिका–३ का २२ वर्षीय सुरज जोशीलाई २८ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

दुवै घटनामा सम्बन्धित  प्रहरी कार्यालयले पक्राउ परेका दुई युवकविरुद्ध अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी प्रधान कार्यालयले  जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्