नेभिगेशन
नेपाल प्रहरी

बढैयातालको रानीपुरबाट ब्राउन सुगरसहित कोहलपुरका १८ वर्षीय किशोर पक्राउ

बर्दिया। बर्दियाको बढैयाताल क्षेत्रबाट प्रहरीले ब्राउन सुगरसहित एक किशोरलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बढैयाताल गाउँपालिका–६ रानीपुरबाट २ ग्राम ८० मिलिग्राम  ब्राउनसुगरसहित बाँकेको कोहलपुर नगरपालिका-६ बेलनपुरका १८ वर्षीय किशोरलाई  इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेको गोप्य सूचनाका आधारमा चेकजाँचका क्रममा उनीसँग उक्त पदार्थ फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

बुधबार पक्राउ परेका ती किशोरलाई इलाका प्रहरी कार्यालय मैनापोखरले थप आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बर्दिया प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्