नेभिगेशन
नेपाल प्रहरी

दुई दशकपछि पनि उस्तै उत्साह: १२० नं. समूहका प्रहरीको २० औँ जब एनिभर्सरी

बाँके।। बाँके-बर्दिया र सुर्खेतका विभिन्न प्रहरी कार्यालयमा रहेर सेवा दिइरहेका नेपाल प्रहरीको १२० नम्बर समूह (वि.सं. २०६२) का प्रहरी कर्मचारीहरूले ‘२० औँ जब एनिभर्सरी’ मनाएका छन्।

वि.सं. २०६२ मंसिर २५ गते नेपालगन्जस्थित प्रहरी तालिम केन्द्रबाट सेवामा प्रवेश गरेका उनीहरूले १९ वर्ष पूरा गरी २० औँ वर्षमा प्रवेश गरेको अवसरमा जब  एनिभर्सरी मनाएका हुन् । कार्यक्रममा सहभागी प्रहरीले सेवा प्रवेशका क्रममा प्रशिक्षण प्रदान गर्ने गुरुहरूलाई सम्मान समेत गरेका थिए।

उक्त अवसरमा प्रहरी सदस्यहरूले शान्ति–सुरक्षा, अमन–चयन तथा कानून कार्यान्वयनमा आफ्नो भूमिकालाई अझ जिम्मेवार, अनुशासित र जनमैत्री बनाउँदै लैजाने संकल्प व्यक्त गरेका थिए।

त्यसैगरी, बाँकी सेवा अवधिभर पनि राष्ट्र र नागरिकप्रति इमानदारीपूर्वक समर्पित रहने तथा प्रहरी संगठनले निर्धारण गरेका निर्देशनहरूलाई पूर्ण जिम्मेवारीका साथ पालना गर्ने प्रतिबद्धता उनीहरूले व्यक्त गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्