नेभिगेशन
सुरक्षा अपडेट

ट्रक र कार ठोक्किँदा एकको घटनास्थलमै मृत्यु, दुई जना घाइते

काठमाडौं । ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ठक्करबाट दुई जना घाइते भएका छन् । 

रौतहटको चन्द्रपुर नगरपालिका-४ स्थित पूर्व-पश्चिम राजमार्गमा बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक–अर्कालाई ओभरटेक गर्ने क्रममा ठोक्किँएको ट्राफिक  प्रहरीले जानकारी दिएको छ।

रौतहट ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार आज बिहान पौने ८ बजे भएको दुर्घटनामा कारमा सवार ८० वर्षमाथिका बराको निजगढ घर भएका वृद्धको घटनास्थलमै मृत्यु भएको हो। 

बाराको निजगढका करिब ३० वर्षीय कार चालक दिनेश थपलिया र चन्द्रपुर-६ का २० वर्षीय डोरमणि सापकोटा घाइते भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ। मृतकको हालसम्म नाम र थर पहिचान हुन नसकेको ट्राफिक प्रहरीले जनाएको छ।

प्रहरीले ट्रक र चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका-७ का ५३ वर्षीय श्यामबहादुर तितुङलाई नियन्त्रणमा लिएर  अनुसन्धान अघि बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले  जानकारी दिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्