नेभिगेशन
नेपाल प्रहरी

दाङमा अवैध उत्खननविरुद्ध कारबाही, प्रहरीले लियो ८ ट्याक्टर नियन्त्रणमा

तुलसीपुर । दाङ प्रहरीले मंसिर २० गतेदेखि आजसम्म जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा ढुङ्गा–बालुवा उत्खनन गर्ने सवारीसाधनमाथि  कारबाही  अभियान सञ्चालन गरेको छ ।

यस क्रममा जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले अवैध उत्खनन गर्दै गरेका ८ वटा ट्याक्टर नियन्त्रणमा लिई सम्बन्धित व्यक्तिबाट जरीवाना वापत १ लाख ३० हजार  रुपैयाँ तिराएको हो।

जरिवाना तिरेपछि ती सवारीसाधनहरू आवश्यक कारबाही तथा कागजी प्रक्रिया सम्पन्न गरी सम्बन्धित व्यक्तिहरुको जिम्मामा बुझाइएका दाङ प्रहरीले जनाएको छ ।

प्रहरीले दाङमा बढ्दो अवैध ढुङ्गा–बालुवा उत्खनन नियन्त्रणका लागि नियमित अनुगमन र कडा कारबाही जारी राख्ने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल प्रहरी
एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

हाल बाँके प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले कमाण्ड सम्हाल्दै आएका छन्। गत असोज ७ गतेदेखि कमाण्ड सम्हालेका एसपी जिसी अनुभवी तथा कुशल अनुसन्धान अधिकृतका रूपमा...