नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्जबाट ५ लाख रुपैयाँ बढीको अवैध सामान बाँके प्रहरीको नियन्त्रणमा

नेपालगन्ज । अवैध तस्करी नियन्त्रण अभियानलाई तीव्र बनाउँदै बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न स्थानबाट ठूलो परिमाणमा भन्सार छली ल्याइएका सामानहरू बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार लत्ताकपडा,  तेल, खाद्यान्न तथा जुत्ता लगायतका तस्करी गरिएको सामानहरू बरामद गरिएको हो। बरामद सामानहरूको अनुमानित मूल्य ५ लख १५ हजार ८६० रुपैयाँ  रहेको प्रहरीले जनाएको छ।

बरामद गरेको सबै अवैध सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगन्ज बाँकेमा बुझाएको बाँके प्रहरीले जानकारी दिएको छ।

पछिल्ला दिनहरुमा अवैध तस्करीविरुद्ध बाँके प्रहरीले निगरानी  र बरामद अभियानलाई कडा बनाएको छ। 

प्रहरीले अवैध तस्करीविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिएको र यस्तो गतिविधिमा संलग्न व्यक्तिमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्