नेभिगेशन
नेपाल प्रहरी

कोहलपुरको रझेनाबाट ब्राउन सुगरसहित दुईजना प्रहरीको नियन्त्रणमा

कोहलपुर । बाँकेको कोहलपुरबाट ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले कोहलपुर नगरपालिका-६ रझेनाबाट ब्राउन सुगरसहित २१ वर्षीय रोहित थारू र अर्का एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

कोहलपुर प्रहरीले उनीहरूको साथबाट ५ सय ६० मिलिग्राम ब्राउनसुगर ,१ थान डिजिटल तराजु र नगद २२ हजार २ सय २५ रुपैयाँ बरामद गरेको बाँके प्रहरीले जनाएको छ। साथै उनीहरूले प्रयोग गरेको लु.प्र.०३–००१ प ३५६९ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको हो।

शुक्रबार दिउँसो पक्राउ परेका उनीहरुविरुद्ध इलाका प्रहरी कार्यालय कोहलपुरले लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल प्रहरी
एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

हाल बाँके प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले कमाण्ड सम्हाल्दै आएका छन्। गत असोज ७ गतेदेखि कमाण्ड सम्हालेका एसपी जिसी अनुभवी तथा कुशल अनुसन्धान अधिकृतका रूपमा...