नेभिगेशन
नेपाल प्रहरी

खजुरामा अवैध उत्खनन् कार्यमा संलग्न जेसीबीसहित दर्जन सवारीसाधन प्रहरीको नियन्त्रणमा

बाँके । खजुरा गाउँपालिका क्षेत्रभित्र अवैध उत्खनन् एवं ढुवानी कार्यमा संलग्न रहेका दर्जन बढी सवारी साधनहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

खजुरा गाउँपालिका–५, ६ र ८ का विभिन्न स्थानमा ऐलानी जग्गाबाट अवैध रूपमा माटो तथा बालुवा उत्खनन् र ढुवानी भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले एउटा  जेसीबी, एउटा टिपर  र ११ वटा  ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

एक महिनाको अवधि   नियन्त्रणमा लिइएका सबै सवारी साधनहरूलाई आवश्यक कारबाहीका लागि खजुरा गाउँपालिकाको कार्यालयमा बुझाइएको बाँके प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार  गाउँपालिकाले नियमविपरीत उत्खनन् तथा ढुवानी गरेका सबै सवारीसाधनलाई लाखौँ रुपैयाँ बराबरको जरिवाना तिराएर छोडिएको हो।

अवैध उत्खनन्का कारण वातावरणीय जोखिम बढ्दै गएको भन्दै प्रहरीले यस्ता गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई थप कडाइ गर्ने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल प्रहरी
एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

हाल बाँके प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले कमाण्ड सम्हाल्दै आएका छन्। गत असोज ७ गतेदेखि कमाण्ड सम्हालेका एसपी जिसी अनुभवी तथा कुशल अनुसन्धान अधिकृतका रूपमा...