नेभिगेशन
नेपाल प्रहरी

जन्मकैद सजाय पाएका फरार प्रतिवादी ११ वर्षपछि बर्दियाबाट बाँके प्रहरीको नियन्त्रणमा

बाँके । जग्गा–जमिन सम्बन्धी कारोबारका क्रममा लेनदेन विवाद उत्पन्न भई भएको रिसइबीका कारण कर्तव्य ज्यान मुद्दामा संलग्न भई ११ वर्षदेखि फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार  २०७१ चैत २० गते बाँकेको नेपालगञ्ज साविक वडा नं. २४ (हाल वडा नं. १८) कारकाँदोमा बस्ने २७ वर्षीय तिरथराम यादवको हत्या भएको थियो।

उक्त घटनापछि फरार रहेका बर्दियाको गुलरिया नगरपालिका–१२ लालपुरका गुलाव भन्ने गुलाम खाँलाई  मंसिर २७ गते बर्दियाको गुलरिया नगरपालिका–११ क्षेत्रबाट पक्राउ गरिएको हो।

पक्राउ परेका प्रतिवादी खाँलाई आवश्यक कानुनी कारबाहीका लागि बाँके जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। फरार प्रतिवादी खाँलाई बाँके अदालतले २०८२ चैत २५ गते फैसला सुनाउँदै जन्मकैदको सजाय तोकेको थियो।

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्