नेभिगेशन
नेपाल प्रहरी

त्रिभुवन चोकबाट स्रोत नखुलेको साढे ४ लाख रुपैयाँसहित व्यापारी पक्राउ

नेपालगञ्ज । नेपालगञ्जको त्रिभुवन चोकबाट प्रहरीले स्रोत नखुलेको लाखौं भारतीय र नेपाली रुपैयाँसहित एक जना व्यापारीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी सुनिलकुमार बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले बानियाँको साथबाट भारतीय रुपैयाँ ३ लाख ७२ हजार ७ सय र नेपाली रुपैयाँ १ लाख फेला पारेको हो। बरामद रकममा भारतीय ५ सयका ६४५ थान, १ सयका ५०२ थान तथा नेपाली १ हजारका १ सय थान नोट रहेका छन् ।

त्रिभुवन चोकस्थित कुमार जनरल स्टोरका सञ्चालकसमेत रहेका बानियाँले स्रोत नखुलेको रकमको कारोबार गर्दै आएको सूचनापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बरामद रकम र पक्राउ परेका बानियाँलाई आवश्यक अनुसन्धानका लागि आजै राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल प्रहरी
एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

हाल बाँके प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले कमाण्ड सम्हाल्दै आएका छन्। गत असोज ७ गतेदेखि कमाण्ड सम्हालेका एसपी जिसी अनुभवी तथा कुशल अनुसन्धान अधिकृतका रूपमा...