नेभिगेशन
नेपाल प्रहरी

कालाकाटेबाट लाख बढीको भन्सार छलीको अवैध सामान गढवा प्रहरीको नियन्त्रणमा

गढवा (दाङ)।  दाङ प्रहरीले अवैध रूपले ल्याइएको भन्सार छलीका किराना तथा लत्ताकपडा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आज गढवा गाउँपालिका–१ कालाकाटे चोकस्थित गढवा–कालाकाटे सडक खण्डको छेउमा बेवारिसे अवस्थामा रहेको उक्त सामग्री  इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको गस्ती टोलीले  फेला परेको हो।

प्रहरीका अनुसार बरामद गरिएको किराना तथा लत्ताकपडा सामानको अन्दाजी मूल्य रु. १ लाख १८ हजार ७ सय ५० रुपैयाँ बराबर रहेको छ।

बरामद गरिएको सबै अवैध सामानलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कोइलाबास पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल प्रहरी
एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

एसपी जिसीको ६ महिने कमाण्ड: जघन्य अपराध अनुसन्धानमा फड्को, अपराध नियन्त्रण परिणाममुखी

हाल बाँके प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले कमाण्ड सम्हाल्दै आएका छन्। गत असोज ७ गतेदेखि कमाण्ड सम्हालेका एसपी जिसी अनुभवी तथा कुशल अनुसन्धान अधिकृतका रूपमा...