नेभिगेशन
नेपाल प्रहरी

स्रोत नखुलेको १५ लाख रुपैयाँसहित दुई युवक पक्राउ

काठमाडौँ । प्रहरीले स्रोत नखुलेको १५ लाख ३४ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित कोशीपुरबाट  धनकुटा शहिदभूमि गाउँपालिका–२ घर भएका २० वर्षीय अपित राई र ३१ वर्षीय कबिराज राईलाई पक्राउ गरेको हो।

अस्थायी प्रहरी पोष्ट चतरापुलबाट खटिएको टोलीले धरानबाट आउँदै गरेको प्रदेश–०२–०१६ प ५७३३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बरामद रकमको स्रोत खुल्न नसकेपछि दुवै जनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्