नेभिगेशन
नेपाल प्रहरी

२४ वर्षीया दुई महिलामाथि जबरजस्ती करणी अभियोगमा दुई जना पक्राउ

काठमाडौं । पाल्पा र कैलालीमा २४ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पाल्पाको तानसेन नगरपालिका–७ बस्ने बाग्लुङको निसी गाउँपालिका घर भएका ३४ वर्षीय जीवन घर्ती मगर भन्ने शेरबहादुर बितालुलाई प्रहरीले पक्राउ गरेको हो। २४ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–१२ मनेहरा सिबिर बस्ने ३८ वर्षीय झंकु राम डगौरालाई पनि २४ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले  पक्राउ गरेको छ। पीडितको उजुरीपछि अस्थायी प्रहरी पोष्ट मनेहराबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्