नेभिगेशन
नेपाल प्रहरी

१३ वर्षीया बालिकामाथि जबरजस्ती करणी, ५० वर्षीय गणेश पक्राउ, एकजना फरार

काठमाडौं । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका–१ कोलबोटे बस्ने ५० वर्षीय गणित भन्ने गणेश राई रहेका छन् । उनलाई मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गणेश र सोही स्थानका ३० वर्षीय रोमन राईले बालिकालाई जबरजस्ती करणी गरेको भन्दै उजुरी परेपछि अनुसन्धान सुरु गरिएको थियो । उजुरीकै आधारमा गणेशलाई पक्राउ गरिएको हो ।

घटनामा संलग्न भनिएका रोमन राई हाल फरार रहेका छन् । प्रहरीले उनको खोजी तीव्र पार्नुका साथै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्