नेभिगेशन
नेपाल प्रहरी

प्रहरीको १४७औँ टोलीले बाँकेमा धुमधामले मनाए १८औँ जब एनिभर्सरी

बाँके । नेपाल प्रहरीमा सेवा प्रवेश गरेको अवसरमा जिल्ला प्रहरी कार्यालय बाँके तथा मातहतमा कार्यरत १४७ औँ टोलीका प्रहरी कर्मचारीहरूले आज १८ औँ ‘जब एनिभर्सरी’ मनाएका छन्।

वि.सं. २०६४ मा नेपाल प्रहरीको सहायक निरीक्षक (असई) पदमा भर्ना भएका उक्त ब्याचका प्रहरी कर्मचारीहरू हाल विभिन्न जिम्मेवारीमा कार्यरत छन्। सो टोलीका केही सदस्यहरू सेवा अवधिमा प्रहरी नायब उपरीक्षक (डीएसपी) दर्जासम्म पदोन्नति भइसकेका छन् भने धेरैजसो प्रहरी वरिष्ठ नायब निरीक्षकमा (वरिष्ठ सई) छन् ।

एनिभर्सरीका अवसरमा सहभागी प्रहरी कर्मचारीहरूले आपसी खुसी साटासाट गर्दै संगठनप्रतिको प्रतिबद्धता, सहकार्य र सेवाभावलाई अझ सुदृढ बनाउने संकल्प व्यक्त गरे। साथै, देशको शान्ति, सुरक्षा र कानून कार्यान्वयनमा आफ्नो भूमिकालाई थप जिम्मेवार, अनुशासित र जनमैत्री बनाउँदै लैजाने प्रतिवद्धता जनाएका छन्।

लामो समयदेखि एउटै संगठनभित्र रहेर सेवा गर्दै आउँदा भोगेका अनुभव, चुनौती र उपलब्धिलाई स्मरण गर्दै सहभागीहरूले आगामी दिनमा पनि राष्ट्र र नागरिकप्रति इमानदार र निष्ठावान् सेवा प्रदान गर्ने उनीहरुले अठोट व्यक्त गरेका छन्।

सौहार्दपूर्ण वातावरणमा सम्पन्न कार्यक्रमले प्रहरी कर्मचारीहरूबीचको आत्मीयता, पेशागत एकता र संगठनप्रतिको विश्वासलाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्