नेभिगेशन
नेपाल प्रहरी

दाङमा नदीजन्य पदार्थको अवैध उत्खनन् गर्ने २१ सवारीसाधन नियन्त्रणमा, झण्डै ५ लाख जरिवाना

दाङ । मंसिर १ गतेदेखि ९ गतेसम्म दाङ जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्दै आएका २१ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले ढुंगा तथा बालुवा उत्खनन् गर्दै गरेका १९ वटा ट्याक्टर र २ वटा टिप्पर नियन्त्रणमा लिएको हो।

प्रहरीले १९ वटा ट्याक्टरबाट रु. ३ लाख ९३ हजार २३६ रुपैयाँ  र २ वटा टिप्परबाट  १ लाख रुपैयाँ  गरी जम्मा ४ लाख ९३ लाख २३६ रुपैयाँ  जरिवाना असुल गरी कारबाही गरेको जनाएको छ।

जरिवाना कारबाहीपछि नियन्त्रणमा लिइएका सवारी साधनहरू सम्बन्धित व्यक्तिहरूको जिम्मा लगाई पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्