नेभिगेशन
नेपाल प्रहरी

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि प्रहरीको नियन्त्रणमा

काठमाडौं । सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले  १७ वर्षपछि पक्राउ गर्न सफल भएको छ।

कैलाली प्रहरीक अनुसार इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको  टोलीले वि.सं.२०६५ भदौ ९ गतेको  सवारी दुर्घटनामा फरार  रहेका प्रतिवादीलाई  ४५ वर्षीय प्रेम उर्फ सुरज थापालाई पक्राउ गरेको हो।

डडेल्धुराको आलिताल गाउँपालिका–८ घर भई हाल कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–५ मा बस्दै आएका प्रेमलाई  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा उनकै घरबाट  पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ।

कैलाली प्रहरीले दिएको जानकारी अनुसार पक्राउ परेका प्रेमलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ भने उनीमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्