बिप्लव नेतत्वको नेपाल कम्यूनिष्ट पार्टीको अर्घाखाँचीस्थित कम्युनमा प्रहरीले शुक्रबार छापा मारेर बिभिन्न बिस्फोटक पदार्थ बरामद गरेको छ ।बिहान दश बजेतिर अर्घाखाँची शितगंगा नगरपालिका – ११ बोक्सेमा जिल्ला प्रहरी प्रमुख डिएसपी दिवसबहादुर जिसीको कमाण्डमा ग्रामिण गस्ति गर्ने क्रममा पुरानो कोही नबस्ने गोठ बाट प्रहरीले भरुवा बन्दुक र ग्रिनेट लगाएका बिष्फोटक पदार्थ फेला पारेको जनाएको छ ।
जस्मा भरुवा बन्दुक थान २ वटा, ग्रिनेट थान १४ वटा, डेटोनेटर १२ वटा, लम्वाइ २५ इन्च लामो लन्चर जस्तो देखिने पलास्टिकको पाइप पदार्थ ३ वटा, ५ लिटरको प्रेषर कुकर वम एउटा, स्टिलको डलु बम एउटा, विजुलीको तार ४ बण्डल, बारुद ५०० ग्राम प्रहरीले बरामद गरेको हो ।
भरुवा वन्दुक बाहेक अन्य बिष्फोटक पदार्थहरु नेपाली सेनाको सहयोगमा शुक्रबार नै डिष्पोज गरिएको प्रहरीले जानकारी दिएको छ ।जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक फलराज तामाङले कम्यूनमा बिस्फोटक पदार्थ फेला परेपछि नियन्त्रणमा लिनु परेको बताए ।
जिल्ला प्रहरी प्रमुख डिएसपी दिवस डिसी नेतृत्वको टोलीले बिप्लव नेतृत्वको कम्यूनमा छापा हानेर बिस्फोटक पदार्थ बरामद गरेको हो ।
प्रहरी निरीक्षक तामाङले कम्युनबाट धेरै संख्यामा बिस्फोटक पदार्थ बरामद भएको बताए ।
नेकपाका प्रबक्ता (खड्गबहादुर बिश्वकर्मा) प्रकाण्ड सीले भने बिज्ञप्ती मार्फत कम्यूनमा छापा मारेको बिषयलाई राज्यको स्वेत आतंकको संज्ञा दिएका छन् ।
उनले अर्घाखाँचीको सितगंगा नगरपालिका – ११ स्थित पार्टीले संचालन गरेको कम्यून र सर्वसाधारणको घरमा छापा मारेर स्वेत आतंक मच्चाएको दाबी गरेका छन् ।
उनले भनेका छन् ‘ सरकारले एकातिर शान्तिपूर्ण चुनावको वातावरण बनाउने प्रचार गर्ने अर्कौतिर माओबादीका उत्पादन केन्द्र र सर्वसाधारण जनताको घरमा छापा मार्ने कार्यले राज्य शान्तिपूर्ण निकास चाहादैन बरु देशलाई अशान्तितिर धकेल्न चाहान्छ भन्ने पुष्टी भएको छ ।’
प्रहरीले कम्यूनमा छापा मारेको बिषय प्रति निन्दा र भत्सर्ना गर्दै प्रबक्ता प्रकाण्ड सीले मानवअधिकारबादीलाई गैरकानुनी छापामारी तथा दमनको निष्पक्ष छानविनका लागि आग्रहपनि गरेका छन् ।
