नेभिगेशन
नेपाल प्रहरी

नेपालगन्जबाट लाखौं रुपैयाँको अवैध सामान बाँके प्रहरीको नियन्त्रणमा

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याइएका लाखौं रुपैयाँको सामान बरामद गरेको छ।

बाँके प्रहरीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रका विभिन्न स्थानबाट तस्करी गरी ल्याइएका लत्ताकपडा, खाद्यान्न, रेडिमेड वाटर फ्यान, म्याग्नेसियम भिटामिनलगायतका सामान बरामद गरिएको हो।

बरामद गरिएका सामानहरूको अनुमानित मूल्य  ४ लाख ५० हजार १५० रुपैयाँ बराबर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

प्रहरीले बरामद सामानहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज, बाँकेमा पठाइएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्