नेभिगेशन
नेपाल प्रहरी

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३८ वर्षीय प्रकाश पक्राउ

रूपन्देही । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–१७ रानीगञ्जमा डेरा गरी बस्ने काभ्रेपलाञ्चोकको कुशादेवी गाउँपालिका–७ घर भएका ३८ वर्षीय प्रकाश घिमिरे रहेको रुपन्देही प्रहरीले जानकारी दिएको छ।

प्रकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्