नेभिगेशन
नेपाल प्रहरी

प्लम्बरको भेषमा चोरी: काठमाडौंबाट चोरी गरेर ल्याएको ६४ लाखसहित तुलसीपुरबाट दुर्गा पक्राउ

तुलसीपुर । चोरी गरेर ल्याएको ६४ लाख ८१ हजार रुपैयाँसहित एक जनालाई प्रहरीले  पक्राउ गरेको छ।तुलसीपुर उपमहानगरपालिका-६ गोलौराका २४ बर्षीय दुर्गाबहादुर केसीलाई चोरी गरेर ल्याइएको ६४ लाख ८१ हजार रुपैयाँसहित इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो।

आज  बिहान केसीको गोलारौस्थित घर खानतलासीका क्रममा प्रहरीले ६४ लाख ८१ हजार रकम बरामद भएपछि दुर्गाबहादुरलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

दुर्गाबहादुरले उक्त रकम काठमाडौंबाट चोरी ल्याएका थिए । काठमाडौं विशाल नगरस्थित डिसहोम फाइबर नेटका मालिकको घरबाट चोरी गरि ल्याएको प्रहरी समक्ष स्वीकार गरेका छन् । पलम्बर काम गर्ने दुर्गाबहादुर रोजगारीका लागि काठमाडौंमा बस्दै आएका थिए । तर, उनले डिसहोम नेटका साहुको घरबाट त्यो रकम चोरी गर्दै गरेको तथ्य सिसी टिभी फुटेजमा फेला परेपछि काठमाडौंबाट प्राप्त गोप्य सूचनाका आधारमा आज बिहानै प्रहरी दुर्गाबहादुरको घर खानतलासी गर्न पुगेको थियो ।

दुर्गाबहादुर सोमबार बेलुका मात्रै चोरीको रकमसहित घर आएका थिए । उनले त्यो रकम घरमै ल्याएर राखेको अवस्थामा फेला परेको हो । गोप्य सूचनाको आधारमा रातभर प्रहरीले दुर्गाबहादुरको घर पहिचान गरि बसेको थियो । बिहान हुनासाथ प्रहरीले घर तलासी लिने क्रममा ६६ लाख ८१ हजार रकम फेला परेको डीएसपी पराजुलीले बताए ।

खानतलासी गर्ने क्रममा ठूलो परिमानमा नगद नोटहरु फेला परेपछि प्रहरीले ती गन्नका लागि मेसिन लगेको थियो । तर, बिद्युत भोल्टेका कारण मेसिन नचलेपछि प्रहरी आँफैले ती गनना गर्दा केही ढिलाई भएको प्रहरीले जनाएको छ।

आरोपी दुर्गाबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर इप्रकाको हिरासतमा राखिएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी तुलसीपुरले जाानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्