नेभिगेशन
नेपाल प्रहरी

नेपालगञ्जको राझा क्षेत्रबाट १०६ ग्राम बढी खैरो हेरोइनसहित ३७ वर्षीय रफिक पक्राउ

नेपालगञ्ज । नेपालगञ्जको राझा क्षेत्रबाट १०६ ग्राम ७४० मिलिग्राम खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाँकेको जानकी गाउँपालिका–५ का ३७ वर्षीय रफिक खान रहेका छन्। बिहीवार राति करिब ९ बजे रफिक खानले नेपालगञ्जका विभिन्न स्थानमा लागुऔषध खैरो हेरोइन बिक्री–वितरण गरिरहेको भन्ने विशेष सुराकीको सूचनाका आधारमा प्रहरी र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जको  टोली परिचालन गरिएको थियो। 

टोलीले  नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा क्षेत्रमा रफिकले चलाउँदै आएको भे ११ प ३६६ नम्बरको मोटरसाइकल रोकी खानतलासीका क्रममा १०६ ग्राम ७४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको थियो।

पक्राउ परेका रफिकको साथबाट एक थान मोबाइल फोन र उक्त मोटरसाइकलसमेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका रफिक तथा बरामद सामानलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरले थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्