नेभिगेशन
नेपाल प्रहरी

चरेससहित मोटरसाइकल सवार दुई युवक प्रहरीको नियन्त्रणमा

काठमाडौं  । दार्चुलामा प्रहरीले लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ। मालिकार्जुन गाउँपालिका–७ सेल्प्यास्थित महाकाली करिडोरमा सवारी साधन चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मालिकार्जुन गाउँपालिका–७ डिङ्सीका ३० वर्षीय महेन्द्र सिंह धामी र २८ वर्षीय मधुकर उपाध्याय रहेका छन्। उनीहरू सवार से ७ प ५३९२ नम्बरको मोटरसाइकललाई शंकास्पद देखिएपछि रोकि जाँच गर्दा चालक धामीको साथबाट ९१७ ग्राम चरेस फेला परेको हो।

त्यसैगरी उनीहरूको साथबाट १० हजार भारतीय रुपैयाँ र १ हजार ३५० रुपैयाँ नेपाली नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

लागूऔषध चरेस, नगद रकम र मोटरसाइकलसहित दुवै जनालाई प्रहरी चौकी जोलजीबीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी दार्चुलाले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्