नेभिगेशन
नेपाल प्रहरी

४० ग्राम ब्राउन सुगरसहित ३ भारतीय नेपाल प्रहरीको नियन्त्रणमा

रविन्द्र यादव / पश्चिम नवलपरासी। प्रहरीले पश्चिम नवलपरासी सुनवल नगरपालिका–७ स्थित सोमाइ टोलाबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिवार इलाका प्रहरी कार्यालय सुनवल तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको संयुक्त  टोलीले भित्री सडक खण्डमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा भारतको महाराजगञ्ज ठुठीबारी बस्ने वर्ष २० का राज रौनियार, ४२ वर्षीय राम अक्ष रौनियार र  ४५ वर्षीय राजिव भन्ने राजु चौहान रहेका छन्। प्रहरीले उनीहरुको साथबाट ३५ पुरिया प्लास्टिकमा राखिएको  ४५ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको  छ।

पक्राउ परेकाहरुविरुद्ध  थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।
प्रहरीले लागुऔषध दुव्र्यसन समाजका लागि गम्भीर चुनौती भएकाले यसको सेवन तथा कारोबार नगर्न सबैलाई आग्रह गर्दै “लागुऔषधको सेवन नगरौं, दुव्र्यसन विरुद्ध एकजुट हौं, समाजलाई सुरक्षित बनाऔं” भन्ने सन्देश दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्