नेभिगेशन
नेपाल प्रहरी

स्रोत नखुलेको लाखौं रुपैयाँसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको लाखौं रुपैयाँ बढीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका–१७ बाट स्रोत नखुलेको नगद ३ लाख ३ हजार १ सय रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत अररिया जिल्लाको फारबिसगन्ज बस्ने ५५ वर्षीय नन्दलाल बाहेती रहेका छन्। उनलाई अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार भारतको जोगबनीबाट विराटनगरतर्फ आउँदै गरेको बीआर ३८ एए ८३०६ नम्बरको स्कुटरमा सवार बाहेतीलाई शंका लागेपछि जाँच गर्दा उक्त रकम फेला परेको थियो। नगदको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी मोरङले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्